२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीलाई भेटेर बधाई दिए अमेरिकन राजदूत थम्पसनले

प्रधानमन्त्री सुशीला कार्कीलाई अमेरिकी राजदूत डीन आर थम्पसनले भेटेरै बधाई ज्ञापन गरेका छन् ।  

प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत थम्पसन बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।  

प्रधानमन्त्री कार्की र राजदूत थम्पसनबीचको शिष्टाचार भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकोमा कार्कीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री कार्की हालै सम्पन्न जेन-जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।

प्रकाशित: २ आश्विन २०८२ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App