प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत थम्प्सनले कार्कीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर भेट गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले राजदूत थम्प्सनको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्धले थप उचाइ लिएको बताउँदै हार्दिक आभार व्यक्त गरेकी थिइन् ।
राजदूत थम्प्सनले नेपाललाई अमेरिकाले दिने सहयोग निरन्तर जारी रहने उल्लेख गर्दै आपसी सम्बन्ध आगामी दिनमा पनि सुमधुर हुने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित: २१ पुस २०८२ १५:५३ सोमबार





