४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बुटवल पुगेर हर्कले भनेः पार्टी बनाउन होइन, भत्केको देश बनाउन आएँ

श्रम संस्कृति पार्टीका संयोजक हर्कराज राई(साम्पाङ)ले आफू पार्टी बनाउन राजनीतिमा नआएको दाबी गरेका छन्। शनिवार रुपन्देहीको बुटवलमा आयोजना गरेको पार्टीको सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन्।  

‘संसारभरीका मिडिया नेपाल आउन न। त्यो खालको देश बनाउने कि नबनाउने हामीहरू,’ साम्पाङले भने, ‘हो म त्यो सम्भाव्यत्ता खोज्दै आएको छु। तपाईँहरुलाई लाग्ला–कार्यकर्ता खोज्दै आयो, पार्टी बनाउन आयो भनेर। मलाई पार्टी बनाउनु छैन, भत्केको यो देश बनाउन चाहन्छु।’  

देशको अन्याय, अत्याचार र भ्रष्टाचारको अन्त्य गर्न आफूलाई सघाउन पनि उनले अपिल गरे। ‘यदि त्यसो हो भने हामी सबै लामबद्ध भएर अगाडी बढ्नुपर्छ। हरेक मान्छेले काम गर्नुपर्छ,’ साम्पाङले भने। काम सानो ठुलो नहुने बताउँदै उनले सरसफाई गर्ने र प्रधानमन्त्रीले गर्ने सबै काम नै भएको बताए।  

‘प्रधानमन्त्रीले गर्ने ठुलो हो, अनि त्यो ड्राइभरले गर्ने काम सानो हो भन्ने पनि हुन्छ? हुँदैन। कामलाई सानो भनेर अपमानजनक नठानौँ,’ उनले अगाडी भने। कामलाई सानो–ठुलो भनेर ठगेर खाने, घुमेर खाने जमात बढेको उनले बताए।  

प्रकाशित: ५ पुस २०८२ २०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App