संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लिला पिटर्स याहियाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रधानमन्त्री सुशीला कार्की समक्ष पेस गरेकी छन्। उनले सोमबार प्रधामन्त्री कार्कीलाई भेटी ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले नपालमा संयुक्त राष्ट्र संघको आवासीय संयोजकमा नियुक्ति गरेपछि क्यानाडाकी सुश्री याहियाले ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन्।
सो क्रममा याहियाले विश्व शान्ति सुरक्षालाई अघि बढाउने तथा संयुक्त राष्ट्र संघ शान्ति स्थापनाको लागि नेपालले सवै भन्दा धेरै सेना योगदान गर्ने देशको रुपमा नेपालको नेतृत्वको प्रंशसा गरिन। उनले सन् २०३० सम्मको दीगो विकास लक्ष्यलाई प्राप्ति गर्नको लागि नेपालको १६ औ राष्टिय योजना, समावेशी, लचिलोपन, दीगो विकास, डिजिटल रुपान्तरण र युवाहरुको लागि विस्तारित अवसरहरु प्रथामिकतामा राख्नु पर्ने बताइन्।
सो कार्यान्वयनमा संयुक्त राष्ट्र संघको साझेदायी हुने बताइन।अति महत्व घडीमा संयुक्त राष्ट्र संघ को टोलीले नेपाल भ्रमण गर्नु गौरवको कुरा हो, आज सम्मानीय प्रधानमन्त्रीसंगको भेटमा नेपालको सार्वभौम, लोकतान्त्रिक प्रक्रिया र शान्तिपुर्ण विश्सनीय निर्वाचन प्रति संयुक्त राष्ट्र संघले सम्मान गरेको स्मरण गर्न चाहान्छु’ उनले भनिन्।‘
हामीले युवाहरुको लागि रोजगारी सिर्जना गर्ने लगायत राष्ट्रिय प्राथमिकताका बिषयमा छलफल ग¥यौ, ताकि युवाहरु अनावश्यक रुपमा विदेशिुनको सट्टा स्वदेशमै शान्तिपुर्ण भविष्य निर्माण गर्न सकुन’ उनले भनिन्। यसको साथै समावेशीकरण, दीगो विकास, नेपालको बृद्धि भइरहेको तिब्र जलवायुको जोखिम घटाउने लगायतका बिषयमा संघले प्राथमकिता दिने बताइन्। ‘ अवसरमा कोही पछि नपरुन’ उनले भनिन्। संयोजक याहिमा बरिष्ठ व्यवस्थापक र रणनीतिक नेतृत्वको भूमिकाहरुमा तथा मानव विकासमा ६ वर्ष भन्दा बढी अनुभव बटुलेकी छिन। उनले हालै मोरिटानियमा संयुक्त राष्ट्र संघको आवसीय संयोजकको रुपमा काम गरेकी छिन्।
प्रकाशित: २७ माघ २०८२ ११:२९ मंगलबार





