३० चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

एमालेले उपसभामुखलाई भोट नहाल्ने

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि हुने निर्वाचनमा नेकपा एमाले भने तटस्थ बस्ने भएको छ । नेकपा एमालेका सांसद मोहम्मत इस्तियाक राईले आफ्नो धारणा राख्दै उपसभामुखको निर्वाचनमा एमाले तटस्थ बस्ने बताए ।  

उनले भने, ‘यहाँ आज प्रतिनिधि सभाले नयाँ उपसभामुख निर्वाचन गर्दैछ । श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार हुनुहुन्छ । दुबै जनाको योग्यता आफ्‍नो ठाउँमा छ । बहुमत प्राप्त दल रास्वपाले रूबीकुमारीजीलाई समर्थन गरेकाले उहाँ नै उपसभामुख बन्नुहुन्छ भन्ने निश्चित नै छ । तर एमाले भने तटस्थ बस्नेछ ।’

प्रकाशित: २७ चैत्र २०८२ १७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App