२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले यस पटकको चुनाव उच्च मनोबल, धैर्य र सुदृढ संगठनको बलमा लड्छ : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले एमाले यस पटकको चुनाव उच्च मनोबल, धैर्य र सुदृढ संगठनको बलमा लड्ने बताएका छन्।

मुलुक चुनावमा होमिएको बताउँदै उनले लोकतन्त्रको मैदानमा आफ्ना एजेन्डासहित प्रतिस्पर्धामा उत्रिनु हरेक दलको अधिकार भएको जिकिर गरे। उनले नयाँ-पुराना, साना-ठूला सबै दलको फैसला नागरिकले गर्ने बताए। 

'मुलुक चुनावमा होमिएको छ। लोकतन्त्रको मैदानमा आफ्ना एजेन्डासहित प्रतिस्पर्धामा उत्रिनु हरेक दलको अधिकार हो। नयाँ-पुराना, साना-ठूला सबै दलको फैसला नागरिकले गर्ने हो.' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'लोकतन्त्रमा मुख्य कुरा दल र एजेन्डा हुन्, व्यक्ति गौण हो।'

एमाले बर्खाको भल छोप्न बनेको पार्टी नभइ नागरिकको भट्टीमा खारिएर स्थापित पार्टी भएको बताए।

'एमालेका हकमा हरेक खालका प्रतिस्पर्धा, घेराबन्दी र चुनौती मोलेरै यहाँसम्म आइपुगेको होइन। एमाले बर्खाको भल छोप्न बनेको पार्टी होइन, नागरिकको भट्टीमा खारिएर स्थापित पार्टी हो,' रिजालले भने, 'अतः यसपटकको चुनाव पनि उच्च मनोबल, धैर्य र सुदृढ संगठनको बलमा लड्छ।'

प्रकाशित: १५ पुस २०८२ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App