२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

एमाले कार्यदल समीक्षा : बादलले प्रस्तुत गरे दुईवटा ‘डकुमेन्ट’, भोलिबाट छलफल

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ।

बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए।

एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै उनले ती दस्तावेज प्रस्तुत गरेका थिए। छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने कुरा भयो।

बैठकले आज प्रस्तुत भएका दुवै ‘डकुमेन्ट’को अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। सोही निर्णयसहित आजको बैठक सम्पन्न भएको छ।

प्रकाशित: २६ भाद्र २०८३ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App