अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् । भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो।
भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि नियुक्त गरिएको हो । पराजुलीको संयुक्त राष्ट्र संघमा लामो र गहन अनुभव रहेको छ। साथै यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ।
विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ भाद्र २०८३ १६:१९ शुक्रबार





