२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

एमालेको नजरमा बालेन सरकारको १०० दिन: अपरिपक्व, फितलो र विवादास्पद

नेकपा एमालेले बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै सरकारको कार्यशैलीलाई अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ।

एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारको सय दिने कार्यसम्पादन सुशासन र शासकीय सुधारका दृष्टिले पूर्णतः असफल देखिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूका निजी सचिवालय नै आर्थिक स्वार्थ र भ्रष्टाचारसँग जोडिएका घटनामा मुछिएको भन्दै त्यससम्बन्धी प्रमाणहरू क्रमशः सार्वजनिक भइरहेको दाबी गरिएको छ।

एमालेले सरकारले आफ्नो १०० बुँदे वाचापत्र तथा आमजनताको अपेक्षाअनुसार काम गर्न नसकी सस्तो लोकप्रियता र विवादास्पद निर्णयहरूमा बढी केन्द्रित भएको आरोप पनि लगाएको छ।

‘बिहानीले दिनको संकेत गर्छ’ भन्ने उखान उद्धृत गर्दै एमालेले सरकारको पहिलो सय दिनको कार्यसम्पादनले मुलुकको आर्थिक संकट समाधान, सुशासन प्रवर्द्धन तथा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको देखाएको निष्कर्ष विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

प्रकाशित: १९ असार २०८३ १८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App