१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै

फाइल तस्बिर

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक शनिबार (आज) पनि बस्ने भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठक बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ।

यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू (पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्त) ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल गरिएको थियो। थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

यो पनि पढ्नुहोस्

एमालेभित्रको विवाद र नेतृत्व बहस: संकट कि रूपान्तरणको अवसर ?

पार्टीका उपमहासचिव भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भइरहेको बताए। उनका अनुसार अझै १२ जनाले बोल्न बाँकी छ।

हिजोको बैठकमा नेताहरूको कार्य विभाजनको विषयले प्रवेश नै पाउन सकेको थिएन।

प्रकाशित: ९ जेष्ठ २०८३ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App