आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। उनीहरूको रिहाइका लागि एमालेले शनिबारदेखि नै देशभर विरोध प्रदर्शन गर्दै आएको छ।
आइतबार ओली र लेखकलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उता सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा भने सरकारका नाममा कारण देखाउ आदेश जारी गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीको अवस्था सामान्य बन्दै गएको जनाइएको छ।
प्रकाशित: १७ चैत्र २०८२ ०८:५४ मंगलबार





