२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक आज पनि, अध्यक्ष ओलीले जवाफ दिने

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा ११ः३० बजेबाट सुरु हुनेछ।

शनिबार नेताहरूको बोल्ने क्रम नसकिएपछि आइतबार पनि बैठक राखिएको होे। आजको बैठकमा अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ दिने बताइएको छ।

यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू (पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्त) ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए।

उनीहरुले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०८३ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App