२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक बस्दै, सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्ने बताइएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुने छन्।

एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको छ।

आज बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए।

यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए। एमालेको ११औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App