नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। अध्यक्ष केपी ओली निवास गुण्डुमा बैठक बसिरहेको छ।
अजको बैठकमा महासचिव शंकर पोखरेलले धारणा राख्ने कार्यक्रम रहेको छ।
यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू (पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्त) ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल गरिएको थियो। थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
प्रकाशित: ९ जेष्ठ २०८३ १३:०२ शनिबार





