२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेले भन्यो: प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ

नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्ने निष्कर्ष निकालेको छ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार सम्पन्न सचिवालय बैठकले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै यो माग अघि सारेको जनाएको छ।

बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले देशको वर्तमान राजनीतिक संकटको समाधानका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको पार्टीको ठहर रहेको जानकारी दिए।

‘देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेको छ,’ ज्ञवालीले भने।

यसैगरी, एमालेले आफ्नो ११औँ महाधिवेशन पनि एक वर्षअघि सार्ने निर्णय गरेको छ। उपमहासचिव ज्ञवालीका अनुसार आगामी मंसिरको अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय भएको हो।

महाधिवेशनको यकिन मिति र स्थान भने यही असोज २९, ३० र ३१ गते बस्ने केन्द्रीय कमिटी बैठकले तय गर्नेछ।

एमालेको १०औँ महाधिवेशन २०७८ साल मंसिरमा भएको थियो। जसले पाँच वर्षे कार्यकालका लागि केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

तर, देशको बदलिँदो परिस्थितिका कारण पार्टीले चाँडै नै महाधिवेशन गर्न लागेको हो।

दुई दिनसम्म चलेको सचिवालय बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टलगायतले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २६ आश्विन २०८२ २२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App