४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बागमतीको मुख्यमन्त्रीमा एमालेका थापा नियुक्त हुँदै, शपथ आजै

बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन्।

राप्रपाको समर्थन विवादमा परेपनि प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाएका हुन्।

प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्रीमा एमाले नेता किरण थापालाई नियुक्त गर्ने र शपथ ग्रहण गराउने कार्यक्रम सार्वजनीक गरेको छ।

प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्रीमा नियुक्त गर्ने र ४ बजेर २० मिनेटमा ग्रहण समारोहको तयारी गरेको छ।

बुधबार एमालेका थापाले नेपालको संविधान धारा १६८ को २ बमोजिम सरकार गठनका लागि एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा दाबी पेश गरेका थिए।

यसमा राप्रपाको समर्थन भने विवादित रहेको छ। बागमती प्रदेश संसदीय दलले थापालाई समर्थन गरेपनि पार्टीले त्यसमा निर्देशन नदिएको भन्दै केन्द्रले उक्त निर्णय आधिकारिक नभएको भन्दै प्रदेश प्रमुखलाई पत्र पठाएको थियो।

प्रकाशित: ४ भाद्र २०८३ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App