प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वर्तमान सरकारको परराष्ट्र नीति र एक–चीन नीतिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा एमालेका मुख्य सचेतक ऐन महरले सरकारको विदेश नीतिबारे स्पष्ट धारणा माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले परम्परागत परराष्ट्र नीतिमा परिवर्तन गरेको हो कि भन्ने प्रश्न गरे।
‘के वर्तमान सरकार एक–चीन नीतिको विरुद्धमा हो?’ उनले संसद्मा प्रश्न गर्दै भने, ‘के बालेन्द्र शाह नेतृत्वको सरकारको छिमेक सम्बन्धी परराष्ट्र नीति परिवर्तन भएको हो?’
काठमाडौंको स्वयम्भूस्थित एक निम्न माध्यमिक विद्यालयमा दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिइएको विषयलाई आधार बनाउँदै उनले सरकारको कूटनीतिक अडानबारे स्पष्टीकरण आवश्यक रहेको बताए।
यसअघि पनि यही विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेश कुमार हमाल र रमेश मल्लले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका थिए।
भिडियो हेर्नुहोस्
प्रकाशित: २५ असार २०८३ १६:४१ बिहीबार



-600x400.jpg)

