काठमाडौंमा नेकपा एमालेको शान्तिपूर्ण जनप्रदर्शन सुरु भएको छ। प्रतिगामी षडयन्त्रकाविरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज बागमती प्रदेश कमिटीले शान्तिपूर्ण जनप्रदर्शन गरेको हो।
भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

एमालेले प्रतिनिधि सभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ। एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ। प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताए।



प्रकाशित: ६ मंसिर २०८२ १२:४२ शनिबार





