नेकपा (एमाले) खोटाङले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रलाई उद्धृत गर्दै प्रदेश कमिटीले मागे बमोजिम समानुपातिक सांसदका लागि नाम सिफारिस गरेको हो ।
जिल्ला कमिटी बैठकले समानुपातिकतर्फ पार्टी केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय अनुसासन आयोग सदस्य कर्ण घले र पूर्वकेन्द्रीय सदस्य खगेन्द्र राईको नाम सिफारिस गरेको हो । जिल्ला कमिटी सचिव सुरेन्द्र राईका अनुसार उनीहरुको नाम सर्वसम्मत छनौट गरेर केन्द्रीय समितिमा सिफारिस गरिएको हो ।
सिफारिसमा परेका नाममध्ये उषाकला राई यसअघि ०७४ को प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिक सांसद हुन् । त्यसबेला प्रदेश सांसद शेरधन राई मुख्यमन्त्री भएको प्रदेश १ सरकारमा सामाजिक विकास मन्त्रीसमेत भएकी थिईन् । बाँकी दुई नामहरु घले र राई पुराना र क्रियासिल नेता हुन् ।
प्रकाशित: ९ पुस २०८२ १९:०४ बुधबार





