नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोजेको आरोप लगाएका छन्।
विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न नसकिने जिकिर गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्मित भएको बताए।
यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन नभएको बताउँदै उनले भने, 'पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोज्ने, विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न सकिँदैन। एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्मित भएको हो।'
साथै बस्नेतले कुनै स्वार्थ समूहको इच्छाबाट नभइ पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुने बताए। उनले भने, 'पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ, कुनै स्वार्थ समूहको इच्छाबाट होइन।'
प्रकाशित: ६ असार २०८३ ११:५३ शनिबार





-600x400.jpg)