नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउको प्रतिकार गर्ने बताएको छ। ओली पक्राउ परेपछि एमाले सांसदसमेत रहेका युवा संघका अध्यक्ष क्षितिज थेवेले सञ्चारकर्मीसँग सडक र सदनमा विरोध गर्दै न्यायालयको ढोका ढक्ढक्याउने बताए।
सञ्चारकर्मीसँग उनले भने, अधिकारका लागि लड्ने सबै हिमायतीहरुलाई प्रतिशोध साँधिएको छ। यो कदापी पनि सही कदम छैन। समयले उहाँहरु (सरकार)लाई धिर्कार्नेछ।
अध्यक्ष अोलीलाई भेटेर फर्किएका सांसद् थेवेले लोकतन्त्रको र कानुनको पक्षधर भएको बताउँदै अध्यक्ष अोलीले कानुनको पालना गर्ने बताए।
प्रकाशित: १४ चैत्र २०८२ ०९:०६ शनिबार





