३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले सांसद खातुनको चेतावनी- ओलीलाई स-सम्मान रिहा गरियोस्, सरकारले पावरको घमण्ड नदेखाओस्

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स-सम्मान रिहा गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालेन नेतृत्वको सरकारलाई पावरको घमण्ड नदेखाउन चेतावनी दिएकी हुन्।

सांसद खातुनले अध्यक्ष ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई धरपकड गरिएको भन्दै तत्काल छाड्न माग गरेकी हुन्।

‘सरकार सुशासनमा लागेको हो कि पावरको घमण्डमा लागेको हो ? यो विषयमा गम्भीर भएर अगाडि बढ्न म अनुरोध गर्दछु,’ उनले भनिन्।

सरकारले तत्काल धरपकडको राजनीति बन्द गर्नुपर्ने उनको भनाइ छ।

जेनजी घटनाहरूको प्रमाण नेपाली जनताको हातमा सुरक्षित रहेको खातुनले दाबी गरेकी छन्।

कार्की प्रतिवेदन र सामाजिक सञ्जालमा लेखिएका स्टाटसहरू आफैंमा विवादित रहेको भन्दै उनले सत्यतथ्य बाहिर ल्याउन माग गरिन्।

संसद्‌मै रहेका अनुहारहरू पनि विगतका घटनामा मुछिएको उनले सुनाइन्। सरकारले आफैं छानबिन गर्न नसके नयाँ छानबिन आयोग गठन गर्नुपर्नेमा उनले जोड दिइन्।

‘यदि फेरि पनि छानबिन आयोग गठन गर्नुपर्छ भने गरियोस्, हामी सहयोग गर्न तयार छौं। सरकार सक्दैन भने हामीलाई दिइयोस्, हामी अर्को रिपोर्ट तयार गर्छौं,’ उनले भनिन्।

प्रकाशित: २५ चैत्र २०८२ १८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App