२ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

एमाले हुतिहाराको नभई देश हाँक्ने ज्युँदाहरूको पार्टी हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले हुतिहाराको पार्टी नभई देश हाँक्ने ज्युँदाहरूको पार्टी भएको बताएका छन्।

आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले एमालेका कार्यकर्ता गिरफ्तार गरिएको भन्दै त्यसको मूल्य एकदमै महँगो पर्ने चेतावनी समेत दिए। 

आफूहरूलाई असंवैधानिक हिसाबले हटाएको भन्दै ओलीले एमाले संवैधानिक बाटोबाट फेरि सत्तामा पुग्ने दाबी गरे। सरकारले कहीँ पनि थिति र विधिमा काम नगरेको बताउँदै ओलीले सरकारको अराजकताविरुद्ध आन्दोलित हुन अपिल समेत गरेका छन्।

प्रकाशित: २ मंसिर २०८३ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App