२ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ: अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।  

उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले उकत् निर्देशन दिएका हुन्। उनले भने, 'सरकारले एमालेमाथि निर्मम हमला भएको छ। अब सरकारले फेरि हमाल गर्न सक्छ। त्यसको प्रतिरोध हुनेछ। त्यसको मूल्य महङ्गो पर्न सक्छ।'

आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याउँदै अध्यक्षा ओलीले भने, 'पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला। अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ। सबै तयार हुनु। यो सरकारले कुन बेला के गर्छ भर छैन।'

प्रकाशित: २ मंसिर २०८३ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App