नेकपा एमालेका नेता विष्णु रिजालले एमाले परिवारवादमा चल्ने पार्टी नभएको बताएका छन्।
एमाले कम्युनिस्ट पार्टी भएकाले यसले सामूहिकतामा विश्वास गर्छ भन्दै रिजालले यो परिवारवादमा चल्ने पार्टी नभएको बताएका हुन्। उनले पार्टीको अध्यक्ष भनेको नेताहरूको पनि नेता भएको बताउँदै भने, 'हामी अध्यक्षको नेतृत्वमा गोलबन्द्ध छौँ। अहिले अध्यक्षसँग प्रतिस्पर्धा गर्न चाहनु भएका कमरेडहरूले नै यो पहल गरेर केपी ओलीलाई अध्यक्षमा स्थापित गर्नु भएको हो। यस कारण अध्यक्षको योग्यता उहाँको नेतृत्व क्षमताप्रति मेरो विचारमा एमालेमा कुनै पनि विवाद छ जस्तो लाग्दैन।'
यस्तै, एमालेमा उत्तराधिकारी भन्ने पनि नहुने उनको भनाइ छ। एमालेको उत्तराधिकार को हो भन्ने प्रश्नमा रिजालले कम्युनिस्ट पार्टीमा उत्तराधिकारी भन्ने नहुने तर्क गरे। उनले भने, 'एमाले कुनै बुर्जुवा पार्टी होइन कुनै परिवारवादमा चल्ने पार्टी होइन। भारतको गान्धी परिवार भने जस्तो नेपालको कोइराला परिवार भने जस्तो वा बंगलादेशको परिवार भने जस्तो अरू कुनै श्रीलंकामा बन्द्रा नायक परिवार भने जस्तो त्यस्तो खालको राजनीति नेकपा एमालेमा चल्दैन।'
नेकपा एमाले समता र प्रतिस्पर्धामा विश्वस्त रहेको उनको भनाइ छ। यो जबजको अनुवायी पार्टी र यसको कार्यान्वयनकर्ता पार्टी भएको हुनाले कार्यकर्ताको बिचबाट आउने नेतृत्व जन्मिने कुरामा यसले विश्वास गर्ने उनले बताए। त्यसले अहिले केपी ओली बाहेकको उत्तराधिकारी भन्ने कुनै बहसको विषय पनि एमालेमा र एमालेले त्यो विषयमा अनावश्यक ढंगले आफ्नो समय पनि खर्च नगर्ने रिजालले नागरिकन्युजसँगको अन्तर्वार्तामा भने।
उनले भने, 'कार्यकर्ताले जिम्मेवारी दिन्छन् र हामीले एउटा लोकतान्त्रिक प्रक्रियाबाट निकास दिन्छौँ।'
यो पनि पढ्नुहोस्
कोइराला, गान्धी र हसिनाले चलाएजस्तो हैन एमाले : विष्णु रिजालप्रकाशित: २३ मंसिर २०८२ ०९:५६ मंगलबार





