७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘हार्छु भन्ने डरले चुनावसँग डराउँदैछ एमाले’

राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताले आफूहरु हार्ला भनेर एमाले पार्टी चुनावदेखि डराएर भागेको आरोप लगाएका छन् । शासनसत्ता आफनो कव्जामा नहुँदा चुनाव हार्ने डरले एमाले चुनावका विपक्षमा उभिएको आरोप उनीहरुको छ ।  

पार्टी भक्तपुर जिल्ला समितिले र्‍यापिट एक्सन टिम (र्‍याट) घोषणा गर्न शनिबार भक्तपुरमा गरेको कार्यक्रममा उनीहरुले चुनावमा जान्न भन्नु हारको मानसिकता भएको बताए ।  

पार्टी सचिवालय सदस्य गणेश पराजुलीले चुनावको लागि शान्ति सुरक्षाको वातावरण एमालेकै कारणले नभएको दावी गरे । एमाले चुनावको विपक्षमा सडकमा उत्रको कारणले नै कहीँकतैबाट शान्तिसुरक्षाको व्यवस्था छैन भने त्यो स्वयम् एमाले नै भएको दावी गरे ।

पार्टीका अर्का सचिवालय सदस्य लीमा अधिकारीले चुनावमा जानुको विकल्प नभएको बताए । चुनावबाट आफनो पहिलो नम्बरको पार्टी हुने दावी पनि उनले गरे । उनले भक्तपुरको सन्दर्भमा भक्तपुर क्षेत्र नं १ मा पार्टीले इतिहास रच्ने र क्षेत्र नं २ मा जित निकाल्ने दावी गरे ।

पार्टीका अर्का केन्द्रीय सचिवालय सदस्य हरि ढकालले आफूलाई ठूला भन्ने दलहरु निर्वाचनपछि साइजमा आउने बताए । उनीहरुको अहिलेको अहंकार चुनावको परिणामपछि शुन्य हुने दावी उनले गरे ।

कार्यक्रममा नेपाली कांग्रेस, एमालेलगायतका विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका एक सयभन्दा बढीलाई स्वागत गरिएको थियो । 

प्रकाशित: ६ मंसिर २०८२ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App