१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आफ्नो पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'हामीले कसैका प्रति आग्रह पाल्नुपर्ने छैन। सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले एमालेसँग एकताको कुनै सम्भावना छैन। यो बिन्दुमा उभिएर भन्नुपर्दा एमालेसँग एकताको कुनै सम्भावना छैन। किनभने एमालेको अवस्था हामीले देखिरहेकै छौँ। यदि कसैको त्यससँग लसपस छ भने मेरो भन्नु केही छैन,' उनले भने।

प्रकाशित: २ श्रावण २०८२ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App