नेकपा एमालेको पछिल्लो नवीकृत पार्टी सदस्य ६ लाख ६२ हजार ९६१ रहेको छ । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको एमालेले जनाएको छ ।
महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । पोखरेलले प्रतिवेदन पेश गर्दै पार्टी अहिले ६४ हजार ७०६ कमिटीमा फर्मेशन रहेको बताए । कतिपय जन संगठनहरुको संख्या यकीन तथ्याङ्क अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १६१ सदस्य रहेको तथ्य महासचिवले पेस गरेका छन् ।
डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको बताउँदै पोखरेलले ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध रहेको उल्लेख गरे ।
प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ छ ।
प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजार १०१ छ । कोशी प्रदेशमा ८ हजार ४०८ कमिटी छन् ।
त्यसैगरी मधेस प्रदेशका ८ जिल्ला कमिटी, १३६ पालिका, १ हजार २७१ वडा, ६ हजार ५१५ टोल कमिटी गरी कुल ७ हजार ९३० छ ।
बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, १ हजार १२१ वडा, १४ हजार २०६ टोलसहित कुल १५ हजार ४५१ कमिटी छन् ।
गण्डकी प्रदेशका ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, ५ हजार ५६० टोल गरी ६ हजार ४१५ कमिटी छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्ला, १०९ पालिका, ९ सय ८३ वडा, ९ हजार २६७ टोल गरी कुल १० हजार ३७१ कमिटी छन् ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, ६ हजार ४५३ टोलसहित ७ हजार २६० कमिटी छन् ।
सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५ हजार ८५० टोलसहित ६ हजार ६ सय ८१ कमिटी छ ।
त्यसैगरी समन्वय सम्पर्क अन्र्तगत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी ८२४ वटा सम्पर्क समन्वय कमिटी छन् । प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी १११ कमिटी छन् । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी ५६७ कमिटी छन् ।
तथ्याङ्क अनुसार जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३ । वडामा १ लाख ७४ हजार २४५ । टोलमा २ लाख १ हजार ३६४ जना छन् ।
प्रकाशित: २० भाद्र २०८२ १७:५० शुक्रबार





