४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले विभागहरूको भर्चुअल बैठक: संविधानको परिधिबाटै राष्ट्रिय सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह

एमाले मुख्यालय । फाइल तस्बिर

नेकपा एमालेका विभिन्न केन्द्रीय विभागले हालको राजनीतिक अन्योल अन्त्य गर्न संविधानको परिधिभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन्।

विभागीय सचिवको भर्चुअल बैठकपछि शुक्रबार जारी अपिलमा भनिएको छ, ‘यथाशीघ्र निकासका लागि शीतल निवासबाट सम्माननीय राष्ट्रपतिज्यूले सबै कामको अग्रसरता र नेतृत्व गर्न विशेष अनुरोध गर्दछौं।’

अपिलमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ। आन्दोलनमा अराजक तत्वको संलग्नताले सार्वजनिक, निजी सम्पत्तिमा भएको क्षति र नेताहरूको घरमा भएको आक्रमणबारे तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

पार्टी कार्यकर्तालाई धम्क्याउने, राजीनामा गर्न बाध्य पार्ने कार्यलाई निन्दनीय बताउँदै यस्ता गतिविधि रोक्न स्थानीय समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको अपिलमा भनिएको छ। त्यस्तै, कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई कदम चाल्न आग्रह गरिएको छ।

अपिलमा भनिएको छ, ‘एमाले जेन-जी पुस्ताको चाहना अनुसारको पार्टी बन्ने र मुलुकका समस्या समाधानमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दछ।’

अपिलको पूर्णपाठ  

नेकपा एमाले केन्द्रीय विभागहरुको तर्फबाट सार्वजनिक

अपिल

२०८२ भाद्र २७ गते

 

यही भाद्र २३-२४ गते मुलुकमा उत्पन्न असामान्य परिस्थिति र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे हाम्रो पार्टी नेकपा एमालेको सचिवालयले स्पष्ट धारणा सार्वजनिक गरिसकेकै छ। यस विषम परिवेशलाई मध्यनजर गर्दै नेकपा एमालेका बिभिन्न केन्द्रीय बिभागका सचिवहरुको भर्चुअल बैठकमा छलफल भए बमोजिम सबै विभागको तर्फबाट निम्न अपिल गर्न चाहन्छौ।

 

१) जेन-जी (Gen Z) आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ र आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था होस् भन्ने माग गर्दछौ।

 

२) जेन-जी युवा हरुको भावना अनुसार बर्तमान सम्बिधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी बर्तमान राजनैतिक अन्यौलताको अन्त्य गरियोस। यथासिघ्र निकासका लागि शितल निवासवाट सम्माननीय राष्ट्रपतिज्युले सबै कामको अग्रसरता र नेत्रित्त्वको लागि विशेष अनुरोध गर्दछौ।

 

३) आन्दोलनका क्रममा अराजक भिडले सरकरी तथा सार्वजनिक एबं निजी घर सम्पतिमा तोडफोड र आगजानिका कारण मुलुकमा अपुरणीय क्षति पुगेको छ। आन्दोलनमा भएको गलत तत्वको घुसपैठले राज्यबिहिनताको स्थितिमा पुर्याएको छ। प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर बासस्थान खोजि खोजि जलाउने र धम्क्याउने काम भएका छन । यो सबै घटना को सत्य तथ्य छानबिन गर्न तल्काल उच्चस्तरीय छानबिन समिति गठन गरी सोको प्रतिबेधन अनुसार दोषीलाई कडा कार्बाहीका लागि अनुरोध गर्दछौ।

 

४) नेकपा एमालेका कार्यकर्तालाई घर घर मा पुगी धम्क्याउने र पदवाट राजिनामा गर्न बाध्य बनाउने जस्ता कार्यहरू निन्दनिय छन्। सबै टोल टोलमा अवान्छित क्रियाकलाप रोक्न स्थानीय समुदाय र सुरक्षा निकायको सहकार्यको वातावरण मिलाउन हामी सम्पुर्ण देशभक्त नेपाली दाजुभाइ दिदी बहिनीहरूमा अनुरोध गर्न चाहन्छौ ।

 

५) वर्तमान परिस्थितिको फाइदा उठाउदै बजार मुल्य बृद्दि गरी कालोबजारी गर्ने तथा चोरि गर्ने समेत प्रवृति बढेको हुदा कालोबजारी रोक्न र बजारलाई सहज बनाउन हामी सबैलाई अपिल गर्दछौ ।

 

६) एमालेलाई हालको जेन जी युवा पुस्ताको चाहना बमोजिमको पार्टी बनाउदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौ।

 

छलफलमा सहभागी विभाग

अर्थ तथा योजना विभाग

उद्योग, वाणिज्य तथा आपुर्ति विभाग

उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग

ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग

कृषि तथा पशुपंक्षी विकास विभाग

कानुन विभाग

केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग

खानेपानी तथा सरसफाई विभाग

निर्वाचन विभाग

पर्यटन तथा नागरिक उड्डयन विभाग

परराष्ट्र मामिला विभाग

प्रचार तथा प्रकाशन विभाग

पार्टी स्कुल विभाग

भुमि व्यवस्था विभाग

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग

युवा तथा खेलकुद विभाग

राष्ट्रिय हित र सुरक्षा विभाग

वन तथा वातावरण विभाग

विज्ञान तथा प्रविधि विभाग

विपद व्यवस्थापन तथा स्वयमसेवा विभाग

शिक्षा तथा मानव स्रोत विभाग

श्रम तथा रोजगार विभाग

सङ्गठन विभाग

संसदीय विभाग

सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग

सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग

सामाजिक सेवा विभाग

सहकारी तथा गरिबी निवारण विभाग

सहरी विकास विभाग

साहित्य कला तथा संस्कृति विभाग

स्थानीय तह विभाग

स्वास्थ्य तथा जनसङ्ख्या विभाग

प्रकाशित: २७ भाद्र २०८२ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App