२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

समानुपातिक बन्द सूचीबारे निर्णय गर्दै एमाले, भोलि सचिवालय बैठक

नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचीबारे निर्णय गर्न सचिवालय बैठक डाँकेको छ। एमालेले आइतबार पार्टी मुख्यालय च्यासलमा ११ बजे बस्नेगरी सचिवालय बैठक आह्वान गरेको हो। 

सो बैठकबाट समानुपातिक उम्मेदवारको बन्द सूचीबारे निर्णय हुने पार्टीस्रोतले जनाएको छ। कार्यतालिका अनुसार सोमबारसम्म निर्वाचन आयोगको कार्यालयमा बन्दसूची बुझाइसक्नुपर्नेछ।

बन्दसूचीबाहेक पार्टीका थप अन्य केही निर्णय हुने जनाइएको छ। 

प्रकाशित: १२ पुस २०८२ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App