पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सुरु गरिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया भइरहेको सचिवालयले जनाएको छ।
ओलीको पित्तथैलीमा रहेको ढुंगा निकाल्ने तयारी गरेको अस्पताल स्रोतले बताएको छ।
जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम प्रहरीले चैत १३ गते ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। सोही दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
सर्वोच्च अदालतको परमादेशपछि अनुसन्धानमा आवश्यक हुँदा हाजिर हुनेगरी उनलाई परिवारको जिम्मा लगाइएको थियो। रिहा भएपनि उपचारका लागि ओली अस्पतालमै छन्।
प्रकाशित: ३० चैत्र २०८२ ११:३४ सोमबार





