४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कोराबाटै एमाले उम्मेदवार ढकाल भन्छन् : म यता भए पनि मन तपाईँहरू सँगै छ

नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताएका छन्।

निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरू घरदैलोमा आइपुग्ने बताएका हुन्। ‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उनले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरू लिने नै छु।’

नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए। मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन्। उनलाई पराजित गर्ने गरी विनोद ढकाल मैदानमा उत्रिएका छन्।

नेकपा एमालेभित्र आफ्ना आवाजहरूलाई बुलन्द पार्ने नेताको रूपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रूपमा परिचित छन्।

प्रकाशित: २ फाल्गुन २०८२ २०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App