नवनियुक्त दुई मन्त्रीले पद तथा गोपानीयताको शपथ लिएका छन्।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए।
दुवैलाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले आजै मन्त्रीमा नियुक्त गरेका थिए।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।
प्रकाशित: २७ चैत्र २०८२ २०:५३ शुक्रबार





