१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा बहुमतका दुई केन्द्रीय नेता पार्टीबाट निष्कासित

नेकपा (बहुमत) दुई केन्द्रीय नेताहरु पार्टीबाट निकालिएका छन् ।

पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै बहुमतले पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको हो ।

पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको बेला उनीहरुले पार्टी विरोधी गतिविधि गरेको महासचिव धर्मेन्द्र बास्तोलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र चरम प्रकारको गुटबन्दी, अराजकता र अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी विरोधी गतिविधि गरेकाले निजहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।’

प्रकाशित: १५ श्रावण २०८२ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App