२५ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

संसद् बैठकमा दुई विधेयक र वार्षिक प्रतिवेदन पेस हुँदै

संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्दै छ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन्। त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव उनले गर्ने सम्भावित कार्यसूची छ।

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ।

प्रकाशित: २५ चैत्र २०८२ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App