१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तुल बहादुर कंडेललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले उनलाई सचिव पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त सचिव कंडेल काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-८ का स्थायी बासिन्दा हुन्।

नवनियुक्त सचिव कंडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। शपथ ग्रहण समारोह दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा आयोजना गरिनेछ।

प्रकाशित: २ मंसिर २०८२ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App