१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

आज रास्वपाले क्यान्डिडेट क्लबको घोषणा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) क्यान्डिडेट क्लबको घोषणा गर्दैछ।

आज साँझ साढे ५ बजे पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा केन्द्रीय कार्यालय चमती वनस्थलीमा घण्टीघरमा क्यान्डिडेट क्लबको घोषणा हुने भएको हो।

रास्वपाका अनुसार आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको हो। आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिन सक्ने छन्।

प्रकाशित: १ भाद्र २०८३ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App