६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

अर्थ समितिको आजको बैठक स्थगित

सङ्घीय संसद् प्रतिनिधि सभाको अर्थ समितिको आजका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ।

समिति सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश आजको बैठक स्थगित भएको जानकारी दिएको हो।

यसअघि आज बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बैठक बस्ने तय गरिएको थियो। बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल, संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल तथा विविध विषयमा छलफल गर्ने कार्यसूची थियो।

प्रकाशित: ६ आश्विन २०८३ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App