२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

बारा प्रशासन र जेनजीबीच तीन बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

नेकपा (एमाले)का कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरामा चर्किएको विवाद साम्य पार्न स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच तीन बुँदे सहमति भएको छ ।  

शुक्रबार भएको वार्तपछि विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् ।  प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीको सुरक्षा, घाइतेको उपचार र घटनाको निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।  

योसँगै जारी धर्ना र प्रदर्शन फिर्ता लिन जेनजी समूह तयार भएको छ । वार्तामा सहभागी हुन जेनजी काउन्सिलका संयोजक सुदन गुरुङ पनि अपराह्न सिमरा पुगेका थिए ।  

बुधबार सिमरा विमानस्थल परिसरमा प्रदर्शन गरिरहेका युवामाथि एमालेका केही कार्यकर्ताले मुक्का प्रहार गरेपछि झडप भएको थियो । यसबीचमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित: ५ मंसिर २०८२ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App