२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

वयस्क जंगली हात्ती धानखेतमा मृ`त भेटियो

बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृतावस्थामा फेला परेको छ। ‘सानो दारे’ नामले चिनिने करिब २०-२५ वर्षे हात्ती मंगलबार धानखेतमा मृतावस्थामा भेटिएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।

हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले बताए। हात्तीको वास्तविक मृत्युको कारण पोस्टमार्टमपछि पत्ता लाग्नेछ। कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले आरक्षले आज पोस्टमार्टम गर्ने उनले बताए। रासस

प्रकाशित: २८ आश्विन २०८३ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App