प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म तीन दिनमात्रै बस्ने भएको छ ।
बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ।
पहिलो बैठक आजै बस्नेछ । दोस्रो बैठक यही साउन ८ बिहीबार र तेस्रो बैठक ९ गते शुक्रबार बस्नेछ । त्यसपछि साउन १५ गतेसम्म प्रतिनिधि सभाका अरू बैठक बस्ने छैनन् ।

प्रकाशित: ७ श्रावण २०८२ १३:०७ बुधबार





