२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मेरो विरोध गर्नेले कालीगण्डकीमा हाम फाले हुन्छ: महाविर

फाइल तस्बिर

पूर्व शिक्षा मन्त्री महाविर पुनले आफूले उम्मेदवार बनेपछि पुस्तक बेच्दा गुनासो आएको भन्दै दु:ख व्यक्त गरेका छन् । बेनीमा आयोजित कार्यक्रममा उनले देशका लागि काम गर्दा पनि विरोध भएको बताए ।  

उनले भने, ‘म अहिले उम्मेदवार छु । खाली भएको समयमा मैले यहाँ अलिअलि किताब पनि बेचेँ । तर मैले किताब बेच्दा यहाँ कसैले दु:ख मानेका रहेछन् । मलाई यहाँ निर्वाचन आयोगबाट फोनै आयो । कति सानो चित्त हो त्यो कम्प्लेन गर्नेको ?’

किताब आफ्नो लागि बेचेको नभइ त्यो नेपाल र नेपालीका लागि भएको उनले दावी गरे । किताब बेचेको एक रुपैयाँ पनि आफ्नो र निर्वाचनमा नखर्चिने बताउँदै पुनले त्यो वीरगञ्जको कारखाना सञ्चालनका लागि भएको बताए ।  

उनले भने, ‘त्यो वीरगञ्जको कारखाना हाम्रो कारखाना हो । वीरगञ्जमा छ भन्ने नसोच्नुहोला । त्यो सबै नेपालीको कारखाना हो । त्यहाँ नेपालीलाई चाहिने सामग्री औजार तयार हुन्छ । मैले त्यो कारखानाका लागि आजदेखि होइन म मन्त्री हुनुभन्दा अघिदेखिनै किताब बेचको हो।’

विगतमा पनि आफूले औजार बनाउन कारखानालाई १२ करोड रुपैयाँ दिएको बताउँदै अब सबै किसानलाई चाहिने औजार निर्माण हुने बताए । पुनले भने, ‘यसअघि पनि मैले किताब बेचेर खर्च कटाएर १२ करोड रुपैयाँ दिएको छु । त्यहाँ हाम्रो जस्तो पहाडको लागि मधेसका लागि चाहिने औजार बनिरहेका छन् ।’

किताब बेचेको रिस गर्नेले म्याग्दीको भलो नगर्ने उनको आरोप छ । पुनले भने, ‘हामीलाई हाम्रा किसानलाई चाहिने औजार बनाउन पैसा संकलन गर्न किताब बेच्दा रिस उठ्नेहरूले यही नजिकै कालीगण्डकी छ । त्यही गएर हामफाले हुन्छ । त्यस्तो मान्छेले म्याग्दीलाई उँभो लगाउँदैन । त्यस्तो मान्छेले आफैँ ख्याल गर्नू ।’

प्रकाशित: १० माघ २०८२ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App