नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास स्वरूप दश वटा कम्युनिष्ट घटकहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ दलको घोषणा गरिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एक भव्य एकता घोषणा सभाका बीच नयाँ पार्टीको घोषणा गरिएको हो।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मुख्य घटक रहेको यो एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाल चयन भएका छन्।
कार्यक्रममा नेता महेन्द्रराय यादवले प्रचण्डलाई संयोजक र नेपाललाई सह-संयोजक बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए।
एकता घोषणा सभामा पार्टीका नेता देव गुरुङले नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए। घोषणापत्रमा पार्टीको आगामी राजनीतिक, वैचारिक र सांगठनिक कार्यदिशाबारे उल्लेख गरिएको छ।
२३ बुँदे घोषणापत्र




प्रकाशित: १९ कार्तिक २०८२ १७:३० बुधबार





