१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

यो सरकार मेरो घरमा आगो लगाएर बनेको होः केपी ओली (भिडियोसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले फेरि प्रधानमन्त्री हुन्न भनेर तामा तुलसी नभाकेको टिप्पणी गरेका छन्। तर, तत्काल प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि भने आफ्नो दाबी नरहेको बताए।  

नागरिक फ्रन्टलाइनमा ‘अब तपाईँ प्रधानमन्त्री नहुनेरु’ भन्ने प्रश्नको उत्तर दिँदै ओलीले भने, ‘त्यो पनि भन्दिनँ। अब उपरान्त यस जिन्दगीमा म प्रधानमन्त्री हुने छैन भनेर तामा तुलसी समातेर धर्म भाग्नु पर्ने कुनै आवश्यकता छैन।’

आफूले बदमासी नगरेको र देशलाई राम्रो मात्रै गरेको दाबी गर्दै आगामी दिनमा एमालेले बहुमत ल्याए प्रधानमन्त्री बन्ने बताए। ‘बहुमत ल्याइन्छ प्रधानमन्त्री भइन्छ। बहुमत ल्याउने अरू को छरु कुन पार्टी छरु नेकपा एमाले इतिहास बोकेको र क्षमतावान् पार्टी हो।’ 

प्रकाशित: १० मंसिर २०८२ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App