५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

दुर्गाको आरोप: राजेन्द्र लिङ्देनजस्तो भारतबाट गाडी चोरेर बेच्ने काम गरिनँ

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आक्रामक र व्यक्तिगत टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन्।

आफूलाई ‘बैंक ठग’ भनेकोमा प्रतिवाद गर्दै प्रसाईंले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान’ को संज्ञा दिए।

गत चैत १५ गतेको तीनकुने घटनापछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईं आक्रोशित रूपमा प्रस्तुत भए। ‘राप्रपाका राजेन्द्र लिङ्देन दाइले ‘यो त बैंक ठग हो’ भन्थे’ , प्रसाईंले भने, ‘उनलाई भन्दिनुस्, तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर काटेर भात खाने म होइन।’

आफूमाथि लगाइएको ‘बैंक ठग’ को आरोप खण्डन गर्दै उनले भने, ‘जुन हिसाबकिताबले मलाई बैंक ठग भन्या थियौ, यी पत्रिकाहरू र यी कागजहरूले देखाउँछ।’ उनले कर्जा सूचना केन्द्रले आफूलाई ‘क्लिन चिट’ दिएको बताउँदै आफूमाथि कुनै बैंकिङ कसुर नलागेको दाबी गरे।

उनले गत चैत १५ को आन्दोलनमा राप्रपाले आफूलाई धोका दिएको समेत आरोप लगाए। ‘मलाई १५ गते राप्रपाहरूले मिलेर छुरी हानेका छन्। म बाँच्न सफल भएको मान्छे हुँ,’ उनले भने, ‘१५ गते जुन धोका दियौ, अब जीवनमा तिमीले धोका दिन सक्दैनौ।’

प्रकाशित: २ भाद्र २०८२ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App