नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिले पार्टीको झण्डा ओढेर पार्टी फुटाएको टिप्पणी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
विश्वकर्माले भदौ २४ गते राष्ट्रिय झण्डा ओढेर देश जलाउँछन् भन्ने कल्पनासम्म नगरेको बताए। ‘जस्तै हामीले भदौ २४ गते राष्ट्रिय झण्डा ओढेर देश जलाउँछन् भन्ने कल्पना गरेका थिएनौँ। त्यस्तै पार्टीको झण्डा ओढेर निर्वाचनको बेला यो अवस्थामा पु¥याउँछन् भन्ने कल्पना पनि गरेका थिएनौँ,’ विश्वकर्माले भने।
स्थापित राजनीतिक दलविरुद्ध भइरहेका षडयन्त्रबारे जानकारी गराउन पत्रकार सम्मेलन गरिएको उनले बताए।
प्रकाशित: २ माघ २०८२ १४:३६ शुक्रबार





