४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

यस्ता छन् प्रधानमन्त्रीका तीन सल्लाहकार

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन जना सल्लाहकार नियुक्ति गरेकी छन्। प्रधानमन्त्री नियुक्त भएको तीन साता बित्नै लाग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको अवस्थामा स्वकीय सचिवालयमा भने तीन जना सल्लाहकार नियुक्त गरेकी छन्।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। पत्रकारिता पृष्ठभूमिका खनाल यसअघि उकालो अनलाइनको प्रधानसम्पादक र ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका सम्पादकका रुपमा काम गरिसकेका व्यक्ति हुन्।  

त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन। श्रेष्ठ कानुनका विद्यार्थी हुन्। नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए।

यस्तै प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्। त्यो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो।

प्रकाशित: १३ आश्विन २०८२ १९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App