सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गरेका हुन्।
सरकारले राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ।
यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगको लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत सरकारले गरेको छ।



प्रकाशित: १६ भाद्र २०८२ १६:४१ सोमबार





