श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राज्यले दिने सेवा सुविधाहरूमा सबै नागरिकका लागि समान हुनुपर्ने बताएका छन्।
राज्यको सेवा सुविधामा विभेद हुन नहुने बताउँदै उनले विभेद भएमा कसैले पनि नलिन नहुने तर्क गरे।
'राज्यको सेवा सुविधामा विभेद हुनु हुँदैन है! नत्र कसैले पनि नलिनु राम्रो! कसैले लिने कसैलाई नदिने गर्नु हुन्न!' साम्पाङले सामाजिक सञ्जालमा भने।
प्रकाशित: ९ चैत्र २०८२ ०७:२६ सोमबार





