१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ठूला नेता जोडिएको भनेर प्रचार गरिएका काण्डहरूको निष्पक्ष छानबिन होस् : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले ठूला नेता जोडिएको भनेर प्रचार गरिएका ठूला काण्डहरूको निष्पक्ष छानबिको माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत रिजालले ठूला नेता जोडिएको भनेर प्रचार गरिएका वाइड बडी, नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, गिरिबन्धु, लडाकु शिविरलगायतको निष्पक्ष छानबिनको माग गरेका हुन्। उनले आरोपमा सत्यता भेटिए कानुन बमोजिम कारबाही पनि हुनुपर्ने बताए। सरकार निष्पक्ष छानबिन गरेर अगाडि बढोस् भन्दै उनले भने, 'आरोप मात्रै लगाउने काम सधैंका लागि बन्द हुन्छ।'

दलहरू सरकारमा छैनन्, दबाब र प्रभावबाट मुक्त रहेर अन्तरिम सरकारले यति गर्न सक्दा देशको हित हुने रिजालको भनाइ छ।

'ठूला नेता जोडिएको भनेर प्रचार गरिएका ठूला काण्डहरू (वाइड बडी, नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, गिरिबन्धु, लडाकु शिविर आदि) को निष्पक्ष छानबिन होस्। आरोपमा सत्यता भेटिए कानुन बमोजिम कारबाही होस् अन्यथा आरोप मात्रै लगाउने काम सधैंका लागि बन्द हुन्छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'दलहरू सरकारमा छैनन्, दवाव र प्रभावबाट मुक्त रहेर अन्तरिम सरकारले यति गर्न सक्दा देशको हित हुन्छ।'

प्रकाशित: ११ आश्विन २०८२ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App